काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला १०५ रुपैयाँले ओरालो लागेको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको छ। त्यसैगरी चाँदीको मूल्य प्रतितोला ४ हजार ८१० रुपैयाँ निर्धारण गरिएको छ।
हिजोको कारोबारमा सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा र चाँदी प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो। आजको मूल्य घटेसँगै दुवै बहुमूल्य धातुको बजारमा सामान्य सुधार देखिएको व्यवसायीहरूले बताएका छन्।