काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रुपैयाँ १००, गोलभेँडा सानो (लोकल) रुपैयाँ ६०, गोलभेँडा सानो (भारतीय) रुपैयाँ ५०, गोलभेँडा सानो (तराई) रुपैयाँ ५२ निर्धारण गरिएको छ। त्यसैगरी आलु रातो प्रतिकिलो रुपैयाँ २७ र आलु रातो (भारतीय) रुपैयाँ २३ तथा प्याज सुकेको (भारतीय) रुपैयाँ ३८ कायम गरिएको छ।
गाजर (लोकल) प्रतिकिलो रुपैयाँ ५०, गाजर (तराई) रुपैयाँ ३०, बन्दा (लोकल) रुपैयाँ ३५, बन्दा (तराई) रुपैयाँ ३०, काउली स्थानीय रुपैयाँ ३० र काउली ज्यापू रुपैयाँ ४० तोकिएको छ। त्यस्तै सेतो मूला (हाइब्रिड) रुपैयाँ २५, भन्टा लाम्चो रुपैयाँ ५० र भन्टा डल्लो रुपैयाँ ६० कायम गरिएको छ।
बोडी (तने) प्रतिकिलो रुपैयाँ ८०, मटरकोसा रुपैयाँ ५०, घिउ सिमी (लोकल) रुपैयाँ ३०, घिउ सिमी (हाइब्रिड) रुपैयाँ ३५ र घिउ सिमी (राजमा) रुपैयाँ १०० निर्धारण गरिएको छ। भटमास कोसा प्रतिकिलो रुपैयाँ १८०, टाटेसिमी रुपैयाँ १२०, तीते करेला रुपैयाँ ४०, लौका रुपैयाँ ३०, परवर (लोकल र तराई) रुपैयाँ ७०, चिचिन्डो रुपैयाँ ३०, घिरौँला रुपैयाँ ४० तथा फर्सी पाकेको रुपैयाँ ६० तोकिएको छ।
हरियो फर्सी (लाम्चो) रुपैयाँ २५, हरियो फर्सी (डल्लो) रुपैयाँ ३०, भिन्डी रुपैयाँ ६०, सखरखण्ड रुपैयाँ ८०, बरेला रुपैयाँ ७०, पिँडालु रुपैयाँ ५० र स्कुस रुपैयाँ ६० कायम गरिएको छ।
हरियो सागसब्जीतर्फ रायोसाग रुपैयाँ ५०, पालुङ्गो रुपैयाँ ७०, चमसुर रुपैयाँ ७०, तोरीसाग रुपैयाँ ३०, मेथी रुपैयाँ ७०, हरियो प्याज रुपैयाँ १००, तरुल रुपैयाँ १००, च्याउ (कन्य) रुपैयाँ २००, च्याउ (डल्ले) रुपैयाँ ४५०, राजा च्याउ रुपैयाँ ३२० र सिताके च्याउ प्रतिकिलो रुपैयाँ १,००० निर्धारण गरिएको छ।
त्यस्तै कुरिलो रुपैयाँ ५००, निगुरो रुपैयाँ ८०, ब्रोकाउली रुपैयाँ ७०, चुकन्दर रुपैयाँ ७०, सजीवन रुपैयाँ १२०, कोइरालो रुपैयाँ ३००, रातो बन्दा रुपैयाँ ४०, जिरीको साग रुपैयाँ ८०, ग्याठकोबी रुपैयाँ ५०, पार्सले रुपैयाँ ३२०, सेलरी रुपैयाँ १६०, सौफको साग रुपैयाँ ८०, पुदिना रुपैयाँ ११०, गान्टेमुला रुपैयाँ ५०, इमली रुपैयाँ १८०, तामा रुपैयाँ १५०, तोफु रुपैयाँ १५० र गुन्द्रुक रुपैयाँ ३०० कायम गरिएको छ।
फलफूलतर्फ स्याउ (झोले) रुपैयाँ २५०, स्याउ (फुजी) रुपैयाँ ३००, केरा दर्जन रुपैयाँ २२०, कागती प्रतिकेजी रुपैयाँ ३८०, अनार रुपैयाँ ४८०, अङ्गुर (हरियो) रुपैयाँ २५० र (कालो) रुपैयाँ ३८० तोकिएको छ। त्यस्तै तरबुजा रुपैयाँ ४५, भुइँकटहर प्रतिगोटा रुपैयाँ २५०, काँक्रो (लोकल) रुपैयाँ ५०, काँक्रो (हाइब्रिड) रुपैयाँ २५, काँक्रो (लोकलक्रस) रुपैयाँ ६०, रुखकटहर रुपैयाँ ७०, नासपाती (चाइनिज) रुपैयाँ २५०, मेवा (नेपाली) रुपैयाँ ८०, मेवा (भारतीय) रुपैयाँ ९०, किबी रुपैयाँ ४५० र एभोकाडो रुपैयाँ ८०० निर्धारण गरिएको छ।
मसलातर्फ अदुवा रुपैयाँ १००, सुकेको खुर्सानी रुपैयाँ ४५०, हरियो खुर्सानी रुपैयाँ ८०, बुलेट खुर्सानी रुपैयाँ ५०, माछे खुर्सानी रुपैयाँ ५५, अकबरे खुर्सानी प्रतिकेजी रुपैयाँ ६००, भेडेखुर्सानी रुपैयाँ ७०, हरियो लसुन रुपैयाँ १६०, हरियो धनियाँ रुपैयाँ ६०, लसुन सुकेको (चाइनिज) रुपैयाँ २०० र नेपाली लसुन रुपैयाँ १२० कायम गरिएको छ।
माछातर्फ ताजा माछा (रहु) प्रतिकिलो रुपैयाँ ३४०, (बचुवा) रुपैयाँ ३१० र (छडी) रुपैयाँ ३०० निर्धारण गरिएको समितिले जनाएको छ। रासस