शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

अमेरिकी राष्ट्रपतिका विशेष दूत नेपाल आउँदै, प्रधानमन्त्रीसँगको भेट अनिश्चित

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख १७ २०८३
अमेरिकी राष्ट्रपतिका विशेष दूत नेपाल आउँदै, प्रधानमन्त्रीसँगको भेट अनिश्चित

प्रधानमन्त्री शाहको सचिवालयले यसका लागि प्रधानमन्त्रीलाई कन्भिन्स गर्न खोजेपनि त्यसले सार्थकता पाएको छैन।

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूत सर्जियो गोर ३ दिने भ्रमणका लागि आज नेपाल आउने भएका छन्। 

अमेरिकी राष्ट्रपतिका दक्षिण तथा मध्य एसियादूत  आज काठमाडौं आइपुग्ने भएका हुन्। उनी भारतका लागि अमेरिकी राजदूतसमेत हुन्। 

काठमाडौंमा गोरले परराष्ट्रमन्त्री शिशिर खनाल र अमर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग भेट गर्ने निश्चित भएपनि प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेट भने अनिश्चित छ। 

प्रधानमन्त्री शाहले आन्तरिक व्यस्तता देखाउँदै भेट्न मानिरहेका छैनन्। उनले मन्त्रीभन्दा तल्लो तहका कुटनीतिक प्रधिधिनिसँग भेट नगर्ने नीति लिएका छन्। यद्यपि राष्ट्र प्रमुखका विशेषदूतलाई भेट्ने चलन भने रहेको छ। 

प्रधानमन्त्री शाहको सचिवालयले यसका लागि प्रधानमन्त्रीलाई कन्भिन्स गर्न खोजेपनि त्यसले सार्थकता पाएको छैन। 


प्रकाशित : बिहीबार , वैशाख १७ २०८३०८:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend