शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

ठेक्काको विवरण हेरफेर प्रकरणमा आशिष निर्माण सेवाका सञ्चालक पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख १६ २०८३
ठेक्काको विवरण हेरफेर प्रकरणमा आशिष निर्माण सेवाका सञ्चालक पक्राउ

पक्राउ परेकाविरुद्ध संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं- सार्वजनिक खरिद अनुमगन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा आशिष निर्माण सेवा प्रालिका सञ्चालक ऋषिकेश गौली पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज उनलाई काठमाडौंको पुरानो बानेश्वरबाट पक्राउ गरेको हो।

ठेक्काहरुको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्नन गरेको आरोपमा हालसम्म दल जना निर्माण व्यवसायीसहित १३ जनालाई अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।

पक्राउ परेकाविरुद्ध संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित : बुधबार, वैशाख १६ २०८३१८:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend