शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

विकल पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख १६ २०८३
विकल पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

पौडेल दम्पत्तिबाट ६८ करोड ९४ लाख विगो र दोबर जरिवाना मागदाबी गर्दै विभागले मुद्दा दायर गरेको हो।

काठमाडौं- भ्रष्टाचार, विदेशी मुद्राको अपचलनलगायतका मुद्दामा कैदमै रहेका विकल पौडेलविरुद्ध अर्को मुद्दा पनि गएको छ। 

राजस्व अनुसन्धा विभागले विकल पौडेल दम्पत्तिलाई नै प्रतिवादी बनाएर सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको हो। 

यसअघि विभागले नै पौडेलविरुद्ध विदेशी मुद्रा अपचलन गरेको अभियोगमा ६२ करोडको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। 

सोही मुद्दाको थप अनुसन्धान गर्दा उक्त कसुरबाट आर्जन गरेको सम्पत्ति पनि पाइएकाले सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो। 

पौडेल दम्पत्तिबाट ६८ करोड ९४ लाख बिगो र दोबर जरिवाना मागदाबी गर्दै विभागले मुद्दा दायर गरेको हो। 


प्रकाशित : बुधबार, वैशाख १६ २०८३१८:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend