शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १५ २०८३
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

बीमा ऐन, २०७९ अन्तर्गतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठलाई पक्राउ गरेको छ।  

बीमा ऐन, २०७९ अन्तर्गतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। 

बीमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिम कसुर गरेको भन्ने उल्लेख भइ अनुसन्धान तथा छानबिनको लागि निष्कर्ष तथा सुझावसहितको प्रतिवेदनमा आएअनुसार अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। 

श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइ थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।


प्रकाशित : मंगलबार, वैशाख १५ २०८३१८:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend