शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मेलम्ची परियोजनालाई सुरक्षित बनाउन लागिरहेका छौँ : खानेपानीमन्त्री मेहता

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १५ २०८३
मेलम्ची परियोजनालाई सुरक्षित बनाउन लागिरहेका छौँ : खानेपानीमन्त्री मेहता

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा उनले मेलम्ची परियोजनालाई दीगो र सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताएकी हुन्।

काठमाडौं- खानेपानीमन्त्री निशा मेहताले मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउन सरकारले काम गरिरहेको बताएकी छिन्। मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा उनले मेलम्ची परियोजनालाई दिगो र सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताएकी हुन्।

मेलम्ची परियोजना काठमाडौं उपत्यकावासीको स्वच्छ खानेपानी पिउने आशाको केन्द्र भएको उल्लेख गर्दे उनले यसमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताइन्।

मेलम्ची खानेपानी आयोजना अझै पनि विभिन्न समस्या र चुनौतीले घेरिएको अवस्थामा रहेको उनको भनाइ छ। मेलम्चीलाई दिगो र सुरक्षित बनाउने विषयमा मन्त्रालयमा पटक-पटक छलफल भइरहेको बताइन्। यद्यपि ठोस निष्कर्षमा पुग्न भने बाँकी नै रहेको उनको भनाइ छ।

परियोजनालाई दीर्घकालीन रूपमा सञ्चालनयोग्य तथा जोखिममुक्त बनाउने उल्लेख गरिन्। उनले सरकारको पहिलो प्राथमिकतामा अलपत्र परेका खानेपानी योजनाहरू रहेको पनि जानकारी दिइन्। अलपत्र परेका योजनाहरूको समस्या पहिचान गरी समाधान खोज्ने उनको भनाइ छ। 

‘मेलम्ची काठमाडौ उपत्यकाबासीको आशा र भरोसाको परियोजना हो। यसमा अझै पनि धेरै समस्याहरू रहेको छ। यसलाई कसरी दिगो बनाउन सकिन्छ, कसरी यो परियोजनालाई सुरक्षित बनाउन सकिन्छ, भनेर हामी पटक-पटक छलफल गरिरहेका छौँ। यसको निचोडमा हामी पुगिसकेका छैनौँ,' उनले भनिन्, 'हामीले पहिलो प्राथमिकतामा अलपत्र खानेपानी योजनामा राखेका छौँ। समस्या पहिचान गरि समाधानको लागि हामीले सरोकारवालाहरूसंग गहन रुपमा छलफल गरिरहेका छोँ। खानेपानीमा एकदमै कम बजेट छ, त्यो कम बजेटमा पनि हामीले एकदमै आवश्यक रहेको क्षेत्रका योजनामा काम गरिरहेका छौँ।’

उनले खानेपानी क्षेत्रमा बजेट अत्यन्त सिमित रहेको उल्लेख गर्दै उपलब्ध स्रोतसाधनलाई अत्यावश्यक योजनामा केन्द्रित गरिएको बताइन्। सीमित बजेटकै बीच पनि नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। न्युज एजेन्सी नेपाल
 


प्रकाशित : मंगलबार, वैशाख १५ २०८३१६:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend