शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

काठमाडौं उपत्यकामा २४ घण्टामा नियम उल्लंघन गर्ने २ हजार ७४६ जना चालक कारबाहीमा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १५ २०८३
काठमाडौं उपत्यकामा २४ घण्टामा नियम उल्लंघन गर्ने २ हजार ७४६ जना चालक कारबाहीमा
फाइल तस्बिर

मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

काठमाडौं- ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा २ हजार ७४६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।

आज बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७९, राइड सेयरिङमा २२५, रातोबत्तीमा १७५, तीव्रगतिमा १४८, लेनक्रसमा ३२४, सडक फुटपाथमा १४९, हर्न निषेधमा ५५, ओराल्ने र चढाउनेमा ५४, अन्यमा १ हजार ५३७ गरी २ हजार ७४६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने, 'बितेको चौबीस घण्टाको अवधिमा उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ७४६ वटा सवारीसाधनका चालकलाई कारबाही गरिएको छ। उक्त कारबाहीबाट जम्मा राजस्व रकम २९ लाख ६४ हजार ५०१ संकलन भएको छ।'

मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ। रासस


प्रकाशित : मंगलबार, वैशाख १५ २०८३१५:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend