शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

आगामी वर्ष बजेटको आकार बढाउने स्थिति छैन : सहसचिव पाण्डेय

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १५ २०८३
आगामी वर्ष बजेटको आकार बढाउने स्थिति छैन : सहसचिव पाण्डेय

राजधानीमा आयोजित एक कार्यक्रममा पाण्डेयले अब बजेटको आकार बढाउनेभन्दा यथार्थमा आधारित बजेट निर्माण गरी त्यसको पूर्ण उपयोगमा ध्यान दिनुपर्ने बताए। उनले बजेट खर्चमा देखिएका कमीकमजोरीलाई पहिचान गरेर अघि बढिने बताए।

काठमाडौं- अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले आगामी वर्ष बजेटको आकार बढाउन सक्ने स्थिति नरहेको बताएका छन्। अर्थको अर्थ कार्यक्रमको ३३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बजेटको सिलिङ बढाउँदा पनि खर्च नहुने स्थीति नरहेको बताउँदै आगामी वर्ष ठूलो आकारको बजेट नआउने संकेत गरे।

राजधानीमा आयोजित एक कार्यक्रममा पाण्डेयले अब बजेटको आकार बढाउनेभन्दा यथार्थमा आधारित बजेट निर्माण गरी त्यसको पूर्ण उपयोगमा ध्यान दिनुपर्ने बताए। उनले बजेट खर्चमा देखिएका कमीकमजोरीलाई पहिचान गरेर अघि बढिने बताए। अर्थमन्त्रीले पदभार ग्रहण गरेकै दिन आर्थिक क्षेत्रसँग सम्बन्धित संरचनात्मक अवरोध र कानूनी जटिलताका विषयमा छलफल भएको बताए।

सो क्रममा १५ वटा आर्थिक क्षेत्रसँग सम्बन्धित कानून खारेज गर्ने तथा राजस्व अनुसन्धान विभागलाई खारेज गर्ने निर्णय गरिएको र सोहीअनुसार कार्यप्रक्रिया अगाडि बढिरहेको समेत उनको भनाइ छ।

सहसचिव पाण्डेयले भने, 'अब हामीले बजेटको साइज बढाउने भन्दा पनि यथार्थमा आधारित बजेट बनाउने र त्यसको पूर्ण उपयोग गर्ने दिशामा चाहिँ अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। अब कतिपय आफ्नो ठाउँबाट कमीकमजोरीहरू होलान्। क्षेत्रगत, विषयगत कमीकमजोरीहरू छन्, खर्च नहुनाका विविध कारणहरू पनि छन्। तिनको अहिले समीक्षा भएको छ।'

सहसचिव पाण्डेयले अहिले स्पष्ट जनादेशसहितको सरकार बनेकाले सुधारको  लागि हामीलाई उपयुक्त अवसरका रुपमा लिइएको समेत बताए। न्युज एजेन्सी नेपाल


प्रकाशित : मंगलबार, वैशाख १५ २०८३१२:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend