शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

जेनजी आन्दोलनमा जलेका गाडीको समेत लिँदै छन् कर्मचारीले इन्धन सुविधा, कारबाही गर्न निर्देशन

मंगलबार, वैशाख १५ २०८३
जेनजी आन्दोलनमा जलेका गाडीको समेत लिँदै छन् कर्मचारीले इन्धन सुविधा, कारबाही गर्न निर्देशन

आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य निकायका ६ गरी कुल २४ वटा गाडी जलेका थिए।

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छिन्।

जेनजी आन्दोलनका क्रममा जलेका सवारीसाधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनका लागि निर्देशन दिएकी हुन्।

आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालयअन्तर्गतका अन्य निकायका ६ गरी कुल २४ वटा गाडी जलेका थिए।

पूर्णरूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका सवारीसाधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएपछि मन्त्री मेहताले उक्त निर्देशन दिएकी हुन्। 


प्रकाशित : मंगलबार, वैशाख १५ २०८३११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend