काठमाडौं- धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठन भएको समितिले इच्छु तथा योग्य नेपाली नागरिकबाट आवेदन माग गर्दै सूचना प्रकाशित गरेको छ।
अर्थ मन्त्रालयले जारी गरेकव सूचना अनुसार इच्छुकहरूले अबको सात दिन अर्थात् बैशाख २१ गतेभित्र आवेदन दिनसक्नेछन्। अर्थ मन्त्रालयको सयंस्थान समुन्वयम महाशाखामा आवेदन दिन सक्नेछन्।
धितोपत्र, पुँजी बजार विकास, वित्त तथा वाणिज्य क्षेत्रमा सात वर्षको अनुभव भएकाहरू यसका लागि योग्य हुनेछन्।