शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

अब सुरक्षण मुद्रण केन्द्र पनि व्यापारिक कारोबार गर्नसक्ने निकाय

सोमबार, वैशाख १४ २०८३
अब सुरक्षण मुद्रण केन्द्र पनि व्यापारिक कारोबार गर्नसक्ने निकाय

मन्त्रिपरिषद्को बैठकले केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने गरी सार्वजनिक निकायमा सूचीकृत गर्ने निर्णय गरेको हो।

काठमाडौं- सरकारले व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा एउटा निकाय थप्ने निर्णय गरेको छ।

सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नेगरी सूचीकृत गर्ने निर्णय गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने गरी सार्वजनिक निकायमा सूचीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्। यससम्बन्धी आधिकारिक सूचना नेपाल राजपत्रमा प्रकाशन गरिने उनले जनाए।

यस्तै मन्त्रिपरिषद बैठकले 'भन्सार नियमावली, २०८३' लाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

यस्तै सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) पदमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय पनि गरिएको छ।


प्रकाशित : सोमबार, वैशाख १४ २०८३१५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend