शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

गैरीगाउँ-सिनामंगलमा घरटहरा हटाउने कार्य निरन्तर

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १३ २०८३
गैरीगाउँ-सिनामंगलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडौं महानगरपालिकाको महानगर बलका प्रमुख विष्णु जोशीका अनुसार शनिबार धेरै संरचना हटाउन बाँकी रहेकाले आज पुनः हटाउने अभियान अघि बढाइएको हो।

काठमाडौं- काठमाडौं महानगरपालिका-९ अन्तर्गत गैरीगाउँ-सिनामंगल क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने कार्यलाई निरन्तरता दिइएको छ। शनिबार अबेर रातिसम्म जारी घरटहरा भत्काउने कार्य आज पुनः सुरु गरिएको हो।

काठमाडौं महानगरपालिकाको महानगर बलका प्रमुख विष्णु जोशीका अनुसार शनिबार धेरै संरचना हटाउन बाँकी रहेकाले आज पुनः हटाउने अभियान अघि बढाइएको हो। राति अबेरसम्म धेरै संरचना हटाउन बाँकी रहेकाले सो कार्यलाई आज पनि निरन्तरता दिइएको उनले बताए।

गैरीगाउँ-सिनामंगल क्षेत्रमा निर्माण गरिएका घरटहरा भत्काउन ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नगर प्रहरी परिचालन गरिएको छ। सरकारको निर्देशनअनुसार सार्वजनिक तथा सरकारी जमिनमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियानअन्तर्गत काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुमवासी बस्ती हटाउने कार्य भइरहेको छ।

महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण तथा व्यवस्थापनका लागि यस्तो अभियान आवश्यक रहेको जनाएको छ। महानगरपालिकाले आगामी दिनमा पनि यस्ता संरचना हटाउने अभियानलाई निरन्तरता दिइने जनाएको छ। रासस


प्रकाशित : आइतबार, वैशाख १३ २०८३१७:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend