शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

वर्षाले जलेश्वर जलमग्न

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १३ २०८३
वर्षाले जलेश्वर जलमग्न

जलेश्वर नगरभित्रका प्रायःजसो सडक डुबानमा परेपछि सडकमा पैदल हिँडडुल गर्न समस्या भएको छ। सडकमा सवारीसाधन गुडाउन समेत नसकिएको स्थानीयले बताएका छन्।

महोत्तरी- हावहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न बनेको छ।

पानी निकास हुन नसक्दा जलेश्वरको नगरपालिका चोक, शंकर चोक, मीना बजार, महेन्द्र चोक, अस्पताल चोक, खैरा चोक, अस्पताल चोकलगायत स्थान जलमग्न बनेको छ।

जलेश्वर नगरभित्रका प्रायःजसो सडक डुबानमा परेपछि सडकमा पैदल हिँडडुल गर्न समस्या भएको छ। सडकमा सवारीसाधन गुडाउन समेत नसकिएको स्थानीयले बताएका छन्।

सदरमुकामस्थित सरकारी तथा गैरसरकारी कार्यालय परिसर पानी पसेर जलमग्न बनेको छ। जलेश्वरमा ढल निकासको व्यवस्था राम्रो नभएका कारण सामान्य वर्षा हुँदा समेत यहाँ बजार क्षेत्र डुबानमा पर्ने गरेको छ। रासस


प्रकाशित : आइतबार, वैशाख १३ २०८३१५:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend