शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मनोहरा सुकुम्बासी बस्तीमा यसरी चल्दैछ डोजर

आइतबार, वैशाख १३ २०८३
मनोहरा सुकुम्बासी बस्तीमा यसरी चल्दैछ डोजर

यस बस्तीमा बस्तीमा ७ सय ७७ घरटहरा छन्। यसअघि शनिबार साँझ पनि यहाँ सात वटा ठूला पक्की घर भत्काइएका थिए।

काठमाडौं- मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा भत्काइएको छ। भक्तपुरबाट खटिएका १ हजार ३ सय नेपाल प्रहरी र ६ सय सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउने काम भइरहेको हो।

बस्तीका बासिन्दाले आफैँ आफ्ना घरटहरा भत्काउने भनेपछि बिहान ९ बजेसम्मको समय दिइएको थियो। त्यसपछि भने काठमाडौं महानगरपालिकाको डोजरसहितको टोली आएपछि घरटहरा भत्काउन सुरु गरिएको हो।

यस बस्तीमा बस्तीमा ७ सय ७७ घरटहरा छन्। यसअघि शनिबार साँझ पनि यहाँ सात वटा ठूला पक्की घर भत्काइएका थिए। त्यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अवरोध गरिएको थियो। केही सुकुम्बासीले आक्रमण गर्दा २२ सुरक्षाकर्मी घाइते भएका थिए।

धेरै वर्षदेखि यिनै झुपडीमा बसेकाहरू आज आफ्नो थातथलो भत्किँदा दु:खी छन्। कोही आफ्नो जीवनभरको कमाइ सम्झँदै एउटा ढोका वा झ्याल बोकेर सुरक्षित ठाउँ खोज्दैछन् त कोही भत्किएको घरको अवशेषमा आफ्नो केही सरसामान भेटिन्छ कि भनी खोजी गरिरहेका छन्।

manohara.jpg
manohara (2).jpg
manohara (3).jpg
manohara (4).jpg
manohara (5).jpg
manohara (6).jpg
manohara (7).jpg
manohara (8).jpg
manohara (9).jpg
manohara (10).jpg
manohara (11).jpg


प्रकाशित : आइतबार, वैशाख १३ २०८३१५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend