शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सवारी नियम उल्लंघन गर्ने २ हजार ४ सय ९२ जना कारबाहीमा, ५ लाख रुपैयाँ संकलन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १३ २०८३
सवारी नियम उल्लंघन गर्ने २ हजार ४ सय ९२ जना कारबाहीमा, ५ लाख रुपैयाँ संकलन
फाइल तस्बिर

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २७५, ट्राफिक संकेत उल्लंघनकर्ता १४५ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो।

काठमाडौं- बितेको २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने २ हजार ४ सय ९२ जना सवारी चालक कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा ५ लाख ४ हजार रुपैयाँ राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २७५, ट्राफिक संकेत उल्लंघनकर्ता १४५ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो।

यसैगरी ‘लेन’ अनुशासन पालना नगर्ने ९६, निषेधित क्षेत्रमा हर्न बजाउने ७५, निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लंघनकर्ता ५९ र अन्य सवारी नियम पालना नगरेका १ हजार ४ सय १३ जनालाई कारबाही गरिएको हो। रासस


प्रकाशित : आइतबार, वैशाख १३ २०८३१२:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend