शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कडा सुरक्षा व्यवस्थासहित मनोहराको सुकुम्बासी बस्ती भत्काउन थालियो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १३ २०८३
कडा सुरक्षा व्यवस्थासहित मनोहराको सुकुम्बासी बस्ती भत्काउन थालियो

आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।

भक्तपुर- यहाँको मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर बस्ती भत्काउन थालिएको हो।

आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार उक्त बस्तीका बासिन्दाले आफै आफ्ना घरटहरा भत्काउने भनेपछि बिहान ९ बजेसम्मको समय दिइएको थियो। त्यसपछि भने काठमाडौँ महानगरपालिकाको डोजरसहितको टोली आएपछि घरटहरा भत्काउन सुरु गरिएको हो।

प्रहरी उपरीक्षक खड्काले भने, 'यहाँका अधिकांश घरटहराबाट सामान सारेर खाली बनाएपछि भत्काउन थालिएको छ।'

यस बस्तीमा बस्तीमा सात सय ७७ घरटहरा छन्। यसअघि शनिबार साँझ पनि यहाँ सात वटा ठूला पक्की घर भत्काइएका थिए। त्यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अवरोध गरिएको थियो। केही सुकुम्बासीले आक्रमण गर्दा २२ सुरक्षाकर्मी घाइते भएका थिए। रासस

प्रकाशित : आइतबार, वैशाख १३ २०८३१०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend