काठमाडौं- थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराइएपछि आफूलाई घरवारविहीन बताउनेमध्ये १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संगमा लगिएको छ। परिवार भेला नभएका ८ जना दशरथ रंगशालामा परिवार नआउञ्जेल बसिरहेका छन्।
सुकुम्बासी बस्तीमा आजदेखि प्रशासनले डोजर चलाएर संरचना भत्काउन थालेको छ। लामो समयदेखि विवादित रहँदै आएको उक्त जग्गा खाली गराउने अभियानअन्तर्गत प्रशासनले यो कदम चालेको हो।