शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेपाल-बंगलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख १२ २०८३
नेपाल-बंगलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

उनीहरूले नेपाल-बंगलादेश आर्थिक साझेदारीलाई अझ अघि बढाउने उपायबारे विचार आदानप्रदान गरेका थिए।

काठमाडौं- बंगलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बंगलादेशको रंगपुरमा ‘नेपाल-बंगलादेश सम्बन्ध : आर्थिक सहकार्यको प्रवर्द्धन’ विषयक कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले व्यापार, पारवहन, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा तथा पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय सहकार्यका व्यापक सम्भावना रहेका उल्लेख गर्दै दुई देशबीचको आर्थिक साझेदारीलाई सुदृढ बनाउन व्यावसायिक सम्बन्ध विस्तारमा जोड दिए।

कार्यक्रममा रंगपुरका अतिरिक्त जिल्ला मजिस्ट्रेट क्रिस्टोफर हिमाल रिचिल, रंगपुर मेट्रोपोलिटन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष गुलाम जकारिया, रंगपुर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका कार्यवाहक अध्यक्ष मञ्जुर अहमद तथा रंगपुर महिला चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजकी अध्यक्ष शाहनाज परविन शाहिनलगायत वक्ताले दुई देशका व्यावसायिक समुदायबीच सम्बन्ध सुदृढ गर्नुपर्नेमा जोड दिएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ।

साथै उनीहरूले नेपाल-बंगलादेश आर्थिक साझेदारीलाई अझ अघि बढाउने उपायबारे विचार आदानप्रदान गरेका थिए।

त्यस अवसरमा रंगपुरस्थित विभिन्न उद्योग वाणिज्य संघ, व्यावसायिक संस्थाका प्रतिनिधि, ‘ट्राभल एन्ड टुर’ उद्यमी तथा सञ्चारकर्मीको उपस्थिति थियो। रासस


प्रकाशित : शनिबार, वैशाख १२ २०८३१२:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend