शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात : ९ महिनामा ६० अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख १२ २०८३
वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात : ९ महिनामा ६० अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन

उक्त अवधिमा ८ लाख ८ हजार ७ सय ४५ किलोलिटर डिजेल, ३ लाख ५९ हजार ८ सय ४६ किलोलिटर पेट्रोल २२ करोड ४८ लाख ७५ हजार २ सय ६६ किलोग्राम एलपी ग्यास आयात भएको छ।

पर्सा- चालु आर्थिक वर्षको ९ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ६० अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

गत आवको सोही अवधिमा ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व प्राप्त भएको थियो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार वीरगञ्ज नाकाबाट उक्त अवधिमा १ खर्ब ४८ अर्ब १६ करोड रुपैयाँबराबरको पाँच किसिमका पेट्रोलियम पदार्थ आयात गरेर उक्त रकम राज्यकोषमा दाखिला भएको हो।

उक्त अवधिमा ८ लाख ८ हजार ७ सय ४५ किलोलिटर डिजेल, ३ लाख ५९ हजार ८ सय ४६ किलोलिटर पेट्रोल २२ करोड ४८ लाख ७५ हजार २ सय ६६ किलोग्राम एलपी ग्यास आयात भएको छ। रासस


प्रकाशित : शनिबार, वैशाख १२ २०८३१०:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend