शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पोखराबाट भैरहवा जाँदै गरेको बस पृथ्वी राजमार्गमा दुर्घटना, ३१ जना घाइते

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ११ २०८३
पोखराबाट भैरहवा जाँदै गरेको बस पृथ्वी राजमार्गमा दुर्घटना, ३१ जना घाइते

पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको यात्रुवाहक बस सडक छेउमा पल्टिएर दुर्घटना भएको हो।

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-७ शेरामा आज दिउँसो भएको बस दुर्घटनामा ३१ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको यात्रुवाहक बस सडक छेउमा पल्टिएर दुर्घटना भएको हो।

तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले घाइते सबैलाई बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र लगिएको जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, वैशाख ११ २०८३१७:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend