शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुकुम्बासीले बस्ती छाड्न यसरी सार्दैछन् सामान, कोही आफै भत्काउँदैछन् घर

शुक्रबार, वैशाख ११ २०८३
सुकुम्बासीले बस्ती छाड्न यसरी सार्दैछन् सामान, कोही आफै भत्काउँदैछन् घर

उनीहरू हतारहतार आफ्ना जस्तापाता, काठका फल्याक र भान्साका भाँडाकुँडा ट्याक्टर र रिक्साहरूमा लोड गरिरहेका छन्।

काठमाडौं- सरकारले आज शुक्रबार साँझसम्म बस्ती खाली गर्न परिपत्र गरेसँगै थापाथलीस्थित सुकुम्बासीहरूले आफ्ना सामान सार्न सुरु गरेका छन्।

वर्षौँदेखि बसेको झुपडीमा जोगाएर राखिएका साना-साना सामानहरू कसरी समेट्ने भन्ने दोधारमा उनीहरू देखिन्छन्। नानीबाबुहरूको भविष्यको चिन्ताले दु:खी बनेका सुकुम्बासीको अहिलेको परिदृश्य हृदयविदारक देखिएको छ।

कोही आफ्नो च्यातिएको ओछ्यान मिलाउँदै छन् भने कोही अब कहाँ जाने भनेर चिन्तामा छन्। उनीहरु भन्दैछन् कि हामीलाई गरिब हुनुको सजाय दिइँदैछ कि अर्कै केही?

उनीहरू हतारहतार आफ्ना जस्तापाता, काठका फल्याक र भान्साका भाँडाकुँडा ट्याक्टर र रिक्साहरूमा लोड गरिरहेका छन्। कतिपयले त आफ्नो घर आफैँले भत्काउन सुरु गरेका छन्, मानौँ उनीहरू आफ्नो पुरानो पहिचानलाई आफैँ मेट्न बाध्य छन्।

sukumbasi sardai (2).jpg
sukumbasi sardai (3).jpg
sukumbasi sardai (4).jpg
sukumbasi sardai (5).jpg
sukumbasi sardai (6).jpg
sukumbasi sardai (7).jpg
sukumbasi sardai (8).jpg
sukumbasi sardai (9).jpg
sukumbasi sardai (10).jpg
sukumbasi sardai (11).jpg
sukumbasi sardai (12).jpg
sukumbasi sardai (13).jpg


प्रकाशित : शुक्रबार, वैशाख ११ २०८३१३:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend