काठमाडौं- अमेरिका र इजरायल मिलनेर इरानमाथि आक्रमण सुरू गरेपछि अवरुद्ध भएको नियमित उडान पुन: नियमित सुरू गर्ने कुवेतका दुई एयरलाइन्सले घोषणा गरेका छन्।
कुवेतका दुई एयरलाइन्स जजिरा र कुवेत एयरलाइन्सले यही आइतबारदेखि नियमित उडान सुरू गर्ने भएका छन्।
कुवेतको नागरिक उड्डयन नियामक निकायले अन्तर्राष्ट्रिय विमानस्थलाई खुला गरिसकेको छ।
कुवेतको उडान बन्द हुँदा नेपाल फर्किन तयार भएकाहरु रोकिएका छन्। उडान नियमित भएपछि उनीहररुलाई फर्किने बाटो सहज हुने भएको छ।
युद्धपछि उत्पादन पनि अवरुद्ध भएका कारण कयौं नेपालीको रोजगारी पनि कुवेतमा गुमेको छ। उनीहरू फर्किन भने सकिरहेका छैनन्।