शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

व्यवसायी शेखर गोल्छालाई सीआईबीले गर्‍यो पक्राउ

बिहीबार , वैशाख १० २०८३
व्यवसायी शेखर गोल्छालाई सीआईबीले गर्‍यो पक्राउ

प्रतिवेदनमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छालाई कसुर गर्न सहयोग गर्ने व्यक्तिको सूचीमा राखिएको छ।

काठमाडौं- व्यवसायी शेखर गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ। सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले गोल्छा पक्राउ परेको पुष्टि गरे। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार गरेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन २०८३’ मा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक गोल्छाको समेत नाम  थियो। त्यही विषयमा थप अनुसन्धान गर्न सीआईबीले उनलाई पक्राउ गरेको हो। 

प्रतिवेदनमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छालाई कसुर गर्न सहयोग गर्ने व्यक्तिको सूचीमा राखिएको छ।

'नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालिन अध्यक्ष शेखर गोल्छासमेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसूरमा दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ गरिएको' सीआईबीले जनाएको छ। 


प्रकाशित : बिहीबार , वैशाख १० २०८३१८:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend