शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

शरदविक्रम राणाले दिए व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक पदबाट राजीनामा

बिहीबार , वैशाख १० २०८३
शरदविक्रम राणाले दिए व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक पदबाट राजीनामा

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले राजीनामा दिएका छन्। उनले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर राजीनामा पत्र बुझाएका हुन्।

काठमाडौं- व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले राजीनामा दिएका छन्। उनले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर राजीनामा पत्र बुझाएका हुन्।

मन्त्रालय स्रोतका अनुसार राणाले यही बैशाख १५ गतेदेखि लागु हुने गरी राजीनामा बुझाएका छन्। उनको कार्यकाल भने आगामी जेठ २२ गते सकिने थियो। करिब डेढ महिना कार्यकाल बाँकी रहँदै उनले पदबाट अलग हुने निर्णय गरेका हुन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले गत साता नै सहज निकासका लागि बाटो खुला गर्न सुझाव दिएकी थिइन्। त्यसपछि राणामाथि नवीकरणका लागि भइरहेको लबिङलाई लिएर पनि मन्त्रालयभित्र छलफल भएको थियो।

राणाका बारेमा प्रधानमन्त्री बालेन शाहको सचिवालयसम्म उजुरी पुगेको थियो। पछिल्ला दिनमा पुराना नियुक्तिहरूको निरन्तरताबारे सरकारको नीति कडा बनेसँगै उनलाई पनि पद छाड्न दबाब परेको थियो।

विगतमा विभिन्न सरकारका राजनीतिक समीकरणसँग समन्वय गर्दै दुईपटक कार्यकारी निर्देशक बनेका राणा करिब आठ वर्षदेखि केन्द्रको नेतृत्वमा थिए। उनकाे कार्यकालमा व्यापार प्रवर्द्धन केन्द्रले निर्यात विस्तार र बजारीकरणमा अपेक्षित भूमिका खेल्न नसकेको भन्दै आलोचना पनि हुँदै आएको छ।

यसअघि नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पनि राजीनामा दिइसकेका छन्। पछिल्ला नियुक्तिहरूमा नेतृत्व परिवर्तन र 'बाटो खुला' गर्ने सरकारी नीतिले निरन्तरता पाइरहेको छ।


प्रकाशित : बिहीबार , वैशाख १० २०८३१७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend