शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

देशभर बढ्यो तापक्रम, सतर्कता अपनाउन अनुरोध

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख १० २०८३
देशभर बढ्यो तापक्रम, सतर्कता अपनाउन अनुरोध

महाशाखाका अनुसार मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना  छ।

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मुलुकभर तापक्रम बढेपछि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाका अनुसार मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना  छ।

त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावाको लहरको पनि सम्भावना देखिएकाले महाशाखाले पछिल्लो सूचनामा अद्यावधिक रहन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित : बिहीबार , वैशाख १० २०८३१४:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend