शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख १० २०८३
रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम

चोरी-सिकारी तथा जंगली कुकुरको आक्रमणका कारण संकटमा परेको रेडपाण्डा संरक्षणका लागि अन्नपूर्ण, मनास्लु र गौरीशंकर संरक्षण क्षेत्रका स्थानीय तहसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन भइरहेको कोषले जनाएको छ।

ललितपुर- नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा (रातो हाब्रे) संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

चोरी-सिकारी तथा जंगली कुकुरको आक्रमणका कारण संकटमा परेको रेडपाण्डा संरक्षणका लागि अन्नपूर्ण, मनास्लु र गौरीशंकर संरक्षण क्षेत्रका स्थानीय तहसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन भइरहेको कोषले जनाएको छ।

कोषका अनुसार विश्वका विभिन्न देशमा पाण्डाका विभिन्न प्रजाति पाइए पनि नेपालमा भने रेडपाण्डा (रातो हाब्रे) मात्र पाइन्छ। नेपालमा करिब ४०० देखि ६०० को संख्यामा रेडपाण्डा रहेको अनुमान गरिए पनि पछिल्लो समय यसको संख्या घट्दै गएको जनाइएको छ।

रेडपाण्डा विशेषगरी निगालो घारीमा बस्ने र टुसा खाने गर्दछ। जंगली कुकुरको आक्रमण तथा यसको छाला बिक्री हुने भन्ने भ्रमका कारण पनि चोरी-सिकारीको जोखिम बढ्ने गरेको पाइएको छ। रासस

प्रकाशित : बिहीबार , वैशाख १० २०८३१३:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend