काठमाडौं- प्रधानमन्त्री बालेन शाह ले थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गराउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
बुधबार प्रहरी महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सहित उच्च सुरक्षा अधिकारीहरूलाई बोलाएर प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्।
छलफलमा सहभागी एक उच्च सुरक्षा अधिकारीका अनुसार आगामी शनिबार र आइतबारभित्र बागमती नदी किनारमा रहेका बस्ती खाली गर्ने तयारी गरिएको छ। यस विषयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग थप समन्वय हुने बताइएको छ।
यसअघि पनि काठमाडौं महानगरपालिका का मेयर हुँदा बालेन शाहले काठमाडौंका विभिन्न सुकुमबासी बस्ती हटाउने प्रयास गरेका थिए। तर त्यतिबेला स्थानीय बासिन्दाको प्रतिरोधका कारण उक्त प्रयास सफल हुन सकेको थिएन।