शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

बुधबार, वैशाख ९ २०८३
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

'२०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो सेयरलगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु'

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। आफूमाथिको अनुसन्धानमा असर नपरोस् भन्नका लागि मार्गप्रशस्त गरेको उनको भनाइ छ। 

विवादित व्यावसायिक समूहले लाइसेन्स लिएर सञ्चालनमा ल्याएका कम्पनीमा गृहमन्त्री सुधन गुरुङको सेयर रहेको देखिएपछि  उनीमाथि प्रश्न उठिरहेको थियो। जुन समूहमाथि सरकारले अनुसन्धान गरिरहेको छ त्यही समूहको प्रबर्द्धनमा खुलेका कम्पनीमा गृहमन्त्रीकै संस्थापक सेयर रहेको पाइएको हो। 

दीपक भट्टको अगुवाई तथा देशका केही ठूला व्यावसायिक घनराको सहभागितामा खुलेका ६ वटा माइक्रो इन्स्योरेन्समध्ये दुईमा गृहमन्त्री गुरुङको संस्थापक सेयर रहेको देखिएको थियो। 

उनले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको जानकारी दिँदै भनेका छन्,  'मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिट अफ इन्ट्रेस्ट नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागु हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु।'

'२०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो सेयरलगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु' उनले भनेका छन्। 

आफ्ना लागि पदभन्दा ठूलो कुरा नैतिकता भएको भन्दै उनले लेखेका छन्, 'जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन।  आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।'


प्रकाशित : बुधबार, वैशाख ९ २०८३१४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend