शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

आन्तरिक राजस्व कार्यालय जनकपुरद्वारा ९ महिनामा ३ अर्ब ९७ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ९ २०८३
आन्तरिक राजस्व कार्यालय जनकपुरद्वारा ९ महिनामा ३ अर्ब ९७ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन

चालु आवको ९ महिनामा ४ अर्ब ३३ करोड ८२ लाख ७७ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा ३ अर्ब ९७ करोड ६७ लाख ४ हजार रुपैयाँ संकलन भएको उक्त कार्यालयका प्रमुख आनन्दकुमार गुप्ताले जानकारी दिए।

जनकपुरधाम- यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा ३ अर्ब ९७ करोड ६७ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

चालु आवको ९ महिनामा ४ अर्ब ३३ करोड ८२ लाख ७७ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा ३ अर्ब ९७ करोड ६७ लाख ४ हजार रुपैयाँ संकलन भएको उक्त कार्यालयका प्रमुख आनन्दकुमार गुप्ताले जानकारी दिए।

हालसम्म आयकरबापत १ अर्ब १४ करोड ९४ लाख ५२ हजार, बहालकरबापत ३ करोड १८ लाख ९९ हजार, ब्याजकरबापत ६ करोड १७ लाख ८५ हजार, मूल्य अभिवृद्धिकरबापत ८१ करोड ९४ लाख २० हजार, अन्तःशुल्कबापत १ अर्ब ८८ करोड ८५ लाख ७१ हजार, स्वास्थ्य सेवाकरबापत ३ लाख १० हजार, शिक्षाकरबापत १ हजार तथा अन्यबापत २ करोड ५२ लाख ६६ हजार गरी कुल ३ अर्ब ९७ करोड ६७ लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख आनन्दकुमार गुप्ताले जानकारी दिए।

यसैबीच, समयमा राजस्व दाखिला नगर्ने १२५ व्यावसायिक ‘फर्म’लाई कारबाही प्रक्रिया बढाएइएको जानकारी दिँदै कार्यालय प्रमुख गुप्ताले कारबाहीको सूचना सार्वजनिक भएपछि १० वटा व्यावसायिक फर्मले ४ करोड ३० लाख रुपैयाँ दाखिला गरेको बताए। आन्तरिक राजस्व कार्यालयमा १ लाख ६६ हजार ६५२ करदाता दर्ता छन्। रासस

प्रकाशित : बुधबार, वैशाख ९ २०८३१३:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend