शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मनहरी गाउँपालिकाले दिन थाल्यो करदाता सेवा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ९ २०८३
मनहरी गाउँपालिकाले दिन थाल्यो करदाता सेवा

गाउँपालिकाबाटै करदाता सेवा सञ्चालन भएपछि पालिकाभित्रका करदाताहरूलाई हेटौँडा धाउनुपर्ने बाध्यता हट्नुका साथै करदातालाई समय र खर्चसमेत बचत हुने विश्वास छ।

मकवानपुर- मकवानपुरको मनहरी गाउँपालिकाले आजदेखि करदाता सेवा सुरु गरेको छ। संघीय सरकारले करसम्बन्धी विभिन्न सेवा स्थानीय तहबाटै उपलब्ध गराउने नीति लागू गरेपछि मनहरी गाउँपालिकाले करदाता सेवा सुरु गरेको हो।

आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट तालिम प्राप्त गरेका तीन जना कर्मचारी र अन्य प्रविधि तथा उपकरण व्यवस्थापन गरी करदाता सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए। अध्यक्ष कालाखेतीका अनुसार अब पालिकाबाटै व्यक्तिगत तथा व्यवसायी स्थायी लेखा नम्बर जारी गर्ने, प्यान रूपान्तरण गर्ने तथा आयकर दर्तासम्बन्धी काम हुनेछ।

यसका साथै अन्तःशुल्कसम्बन्धी इजाजत जारी तथा नवीकरण प्रक्रियाका लागि कागजात संकलन र प्रारम्भिक प्रमाणीकरण पालिकाबाटै गरी अन्तिम स्वीकृति आन्तरिक राजस्व कार्यालयबाट डिजिटल हस्ताक्षरमार्फत हुने अध्यक्ष कालाखेतीले बताए।

गाउँपालिकाबाटै करदाता सेवा सञ्चालन भएपछि पालिकाभित्रका करदाताहरूलाई हेटौँडा धाउनुपर्ने बाध्यता हट्नुका साथै करदातालाई समय र खर्चसमेत बचत हुने उनको विश्वास छ। रासस


प्रकाशित : बुधबार, वैशाख ९ २०८३१३:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend