शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एएनक्याप सेफ्टी रेटिङमा ग्रेटवाल मोटरको हाभल एच ६ ले पायो फाइभ-स्टार 

बुधबार, चैत ९ २०७८
एएनक्याप सेफ्टी रेटिङमा ग्रेटवाल मोटरको हाभल एच ६ ले पायो फाइभ-स्टार 

काठमाडौं-  ग्रेटवाल मोटर्सको हाभल एच६ ले अस्ट्रेलेसियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एएनक्याप) क्र्‍यास परिक्षणमा फाइभ-स्टार प्राप्त गरेको छ। जीडब्लूएम पिक-अप पावर पछि यस्तो उच्च मूल्यांकन प्राप्त गर्ने एच६ जीडब्लूएमको दोस्रो गाडी हो। 

हाभल एच६ ले एडल्ट अकुप्यान्ट प्रोटेक्सनमा ९० प्रतिशत, चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ८८ प्रतिशत, भल्नरेबल रोड युजर प्रोटेक्सनमा ७३ प्रतिशत र सेफ्टी असिस्टमा ८१ प्रतिशत स्कोर ल्याउँदै फाइभ-स्टार सुरक्षा मूल्यांकन प्राप्त गर्न सफल भएको छ।

एएनक्यापको अनुसार हाभल एच६ ले साइड इफेक्ट र अब्लिक पोल टेस्ट, फ्रन्ट-र-रियर-सिट अक्युप्यान्ट ह्विप्ल्यास प्रोटेक्सन र फ्रन्टल अफसेट टेस्टमा फ्रन्ट-सिट प्यासेन्जर प्रोटेक्सनमा पूर्णाङ्क पाएको छ। चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ‘परप्परागत विशिष्ट बाल प्रतिबन्धहरुको दायरालाई सुरक्षित रुपमा समायोजन गर्ने’ एच६ लाई एएनक्यापले प्रशंसा गरेको छ।

यसैगरी टर्न-अक्रस-पाथ इन्टरसेक्सन परिक्षणमा अर्को गाडीसँग ठोक्किनबाट रोक्ने क्षमता भएकोमा एएनक्यापले हाभाल एच६ को जंक्सन असिस्ट फिचरको पनि प्रशंसा गरेको हो।

हाभाल एच६ को सक्रिय सुरक्षा सुविधाहरुलाई एएनक्यापले तारिफ गरेको छ र सबै आपतकालिन लेन राख्ने परिक्षण अवस्थाहरुसँगै कार-टु-कार र कार-टु-साइक्लिस्ट अटोनेमस इमर्जेन्सी ब्रेकिङ क्षमताहरुलाई राम्रो मूल्यांकन गरेको छ।

नेपाली बजारमा हाभल एच६ को मूल्य १ करोड ३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

ग्रेटवाल मोटर नेपालले हाभल एच६, हाभल जोलायन र पावर जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ। त्यस्तै इलेक्ट्रिक गाडीको भविष्यमा ओरा इलेक्ट्रिकसँगै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने कम्पनीले जनाएको छ। 

भीजी इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक बिक्रेता हो। वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भीजी इम्पेक्स÷ग्रेट वाल मोटर नेपालले यो लोकप्रिय इलेक्ट्रिक गाडी नेपाल ल्याउन सफल भएको छ।


प्रकाशित : बुधबार, चैत ९ २०७८१२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend