शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियरसहितलाई सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ९ २०८३
पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियरसहितलाई सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा

भ्रष्टाचार गरेर आर्जन गरेको रकमबाट आपसी मिलेमतो र योजनामा जग्गा एवं सुन खरिद गरेको तथा विभिन्न व्यक्तिलाई भुक्तानीसमेत गरेको पाइएको आयोगले जनाएको छ।

काठमाडौं- अख्तियार दुरुपयोग अनुसनधान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथ प्रदर्शक देउकला अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

निर्माण सेवाका सञ्चालक तथा सम्वद्ध संयुक्त उपक्रमहरुको बैंक खाताबाट देउकला अधिकारीको नाममा रहेको बैंक खातामा रकम जम्मा गराएको पाइएको छ। आयोगका अनुसार त्यसरी प्राप्त भएको घुस रकमबाट संयुक्त रुपमा सम्पत्ति खरिद गरेको पाइएको छ।

निर्माण सेवा प्रालिले एकल वा संयुक्त उपक्रममा समावेश भइ विभागले गरेको ठेक्का सम्झौतामध्ये कुल ६४ करोड २१ लाख ८९ हजार बराबरको ठेक्कामा ४ करोड २२ लाख ७५ हजार ९ सय ८५ बराबरको रकम घुस लिएको आयोगको आरोप छ।

भ्रष्टाचार गरेर आर्जन गरेको रकमबाट आपसी मिलेमतो र योजनामा जग्गा एवं सुन खरिद गरेको तथा विभिन्न व्यक्तिलाई भुक्तानीसमेत गरेको पाइएको आयोगले जनाएको छ।

गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउने रुपान्तरण तथा हस्तान्तरण गर्ने गराउने कार्य गैरकानूनी कार्य भएको ठहर गरिएको छ।

पूरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर श्रेष्ठ र सहायक पथप्रदर्शक अधिकारी विरुद्ध समान चार करोड २२ लाख ७५ हजार ९ सय ८५ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। 


प्रकाशित : बुधबार, वैशाख ९ २०८३०९:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend