शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

तातोपानी नाका हुँदै भित्रियो २ सय ३२ मेट्रिक टन रासायनिक मल

बुधबार, चैत ९ २०७८
तातोपानी नाका हुँदै भित्रियो २ सय ३२ मेट्रिक टन रासायनिक मल

काठमाडौं- तातोपानी भन्सार नाका हुँदै २ सय ३२ मेट्रिक टन रासायनिक मल नेपाल भित्रिएको छ। तातोपानी भन्सार कार्यालका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार बुधबार २ सय ३२  मेट्रिक टन रासायनिक मल नेपाल भित्रिएको हो।

१५ सय मेट्रिक टनमध्ये पहिलो चरणमा २ सय ३२ मेट्रिक टन रासायनिक मल नेपाल आएको हो। ८ कन्टेनरमार्फत मल नेपाल आएको हो। बाँकी मल पनि नेपाल आउने क्रममा रहेको भन्सार कार्यालयलाई जनकारी भएको उनले बताए।

सील्क मार्केटमार्फत मल नेपाल आएको हो। अब यो कम्पनीले उक्त मल कृषि सामग्री कम्पनी लिमिटेडलाई दिने छ। मल वितरण भने लिमिटेडले नै गर्ने छ। 


प्रकाशित : बुधबार, चैत ९ २०७८१२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend