शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

तीन ऐन संशोधनका विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ८ २०८३
तीन ऐन संशोधनका विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

सरकारले यी विधेयकमार्फत सुरक्षा संयन्त्र, निर्वाचन प्रणाली र मतदाता अभिलेख व्यवस्थापनलाई समयानुकूल बनाउने लक्ष्य लिएको जनाएको छ।

काठमाडौं- सरकारले विभिन्न तीनवटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

सूचना, सञ्चार तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिनाका अनुसार बैठकले सुरक्षा, निर्वाचन र मतदाता व्यवस्थापनसँग सम्बन्धित कानूनी संरचना अद्यावधिक गर्ने उद्देश्यसहित विधेयकहरू अघि बढाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिइएको छ। यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ संशोधनसम्बन्धी विधेयक र मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक पनि संसद्मा पेस गर्न स्वीकृत गरिएको छ।

सरकारले यी विधेयकमार्फत सुरक्षा संयन्त्र, निर्वाचन प्रणाली र मतदाता अभिलेख व्यवस्थापनलाई समयानुकूल बनाउने लक्ष्य लिएको जनाएको छ।


प्रकाशित : मंगलबार, वैशाख ८ २०८३१७:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend