शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

धितोपत्र बोर्ड अध्यक्ष छनोटका लागि सिफारिस समिति गठन, सहकारी व्यवस्थापनमा नयाँ नियुक्ति

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ८ २०८३
धितोपत्र बोर्ड अध्यक्ष छनोटका लागि सिफारिस समिति गठन, सहकारी व्यवस्थापनमा नयाँ नियुक्ति

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ।

काठमाडौं- सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले गुणाकर भट्टको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।

समितिमा घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य छन्। सूचना, सञ्चार तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले उक्त निर्णयबारे जानकारी दिएका हुन्।

यसैगरी सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति पुनर्गठन गर्दै अध्यक्षसहित सदस्यहरू नियुक्त गरेको छ। मन्त्रिपरिषद्ले अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गरेको छ।

त्यस्तै सदस्यहरूमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई नियुक्त तथा मनोनयन गर्ने निर्णय भएको मन्त्री तिमिल्सिनाले बताए।


प्रकाशित : मंगलबार, वैशाख ८ २०८३१७:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend