शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेपाल-अमेरिकाबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्नेबारे छलफल

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ८ २०८३
नेपाल-अमेरिकाबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्नेबारे छलफल

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी सहायकमन्त्री एसपल कपुरले शिष्टाचार भेट गरेका छन्।

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी सहायकमन्त्री एसपल कपुरले शिष्टाचार भेट गरेका छन्।

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। साथै सो अवसरमा व्यापार तथा लगानी क्षेत्रमा थप ध्यान केन्द्रित गर्दै सहकार्य विस्तार गर्ने विषयमा समेत कुराकानी भएको थियो। रासस


प्रकाशित : मंगलबार, वैशाख ८ २०८३१३:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend