शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ५ सय १ जनालाई कारबाही, २५ लाखभन्दा बढी राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ८ २०८३
ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ५ सय १ जनालाई कारबाही, २५ लाखभन्दा बढी राजस्व संकलन
फाइल तस्बिर

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ३ हजार ५ सय १ जना सवारी चालकलाई कारबाही गरेको छ।

काठमाडौं- ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ३ हजार ५ सय १ जना सवारी चालकलाई कारबाही गरेको छ।

आज बिहानसम्म मादक पदार्थ (मापसे) मा ७७, अवस्था ठीक नभएका ६९, रातो बत्तीमा १ सय ५८, तीव्र गतिका ८९, लेनमा १ सय ७२, ढोका खुला ५७, नो हर्न ७७, ओराल्ने र चढाउनेमा ५५, अन्यमा २ हजार ७ सय ४७ गरी ३ हजार ५ सय १ जना सवारी चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने, 'विभिन्न गल्तीका पछिल्लो २४ घण्टे कारबाही संख्या ३ हजार ५ सय १ छ। कारबाहीबाट जम्मा राजस्व रकम २५ लाख १५ हजार ५ सय १ रुपैयाँ छ।' रासस


प्रकाशित : मंगलबार, वैशाख ८ २०८३१३:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend