शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कृषिउपजको थोक मूल्य : रायोसाग ६०, पालुंगो १०० रुपैयाँ किलो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ८ २०८३
कृषिउपजको थोक मूल्य : रायोसाग ६०, पालुंगो १०० रुपैयाँ किलो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३६ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४२ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४८ रुपैयाँ, आलु रातो प्रतिकिलो २७ रुपैयाँ र आलु रातो (भारतीय) प्रतिकिलो २४ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ छ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो २५ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ३५ रुपैयाँ, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ४० रुपैयाँ, रातो मुला प्रतिकिलो ३५ रुपैयाँ, सेतो मुला (हाइब्रिड) प्रतिकिलो ३५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ५० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो ५० रुपैयाँ, मटरकोसा प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो २० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, टमास कोसा प्रतिकिलो २२० रुपैयाँ, तीते करेला प्रतिकिलो ६० रुपैयाँ, लौका प्रतिकिलो २० रुपैयाँ, परवर (तराई) प्रतिकिलो १०० रुपैयाँ, चिचिन्डो प्रतिकिलो ३० रुपैयाँ, घिरौँला प्रतिकिलो ३० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो २० रुपैयाँ, भिन्डी प्रतिकिलो ५० रुपैयाँ, बरेला प्रतिकिलो ५० रुपैयाँ, सक्खरखण्ड प्रतिकिलो ८० रुपैयाँ, पिँडालु प्रतिकिलो ५० रुपैयाँ र स्कुस प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ।

रायोसाग प्रतिकिलो ६० रुपैयाँ, पालुङ्गो प्रतिकेजी १०० रुपैयाँ, चमसुर प्रतिकिलो ८० रुपैयाँ, तोरीसाग प्रतिकिलो ४० रुपैयाँ, मेथी प्रतिकिलो ८० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ८० रुपैयाँ, बकुला प्रतिकिलो ५० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १६० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, राजा च्याउ प्रतिकेजी ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी १,००० रुपैयाँ निर्धारण गरिएको छ।

कुरिलो प्रतिकिलो ४५० रुपैयाँ, निगुरो प्रतिकिलो ८० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ६० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ५० रुपैयाँ, सजीवन प्रतिकेजी १०० रुपैयाँ, कोइरालो प्रतिकिलो ३५० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ४५ रुपैयाँ, जिरीको साग प्रतिकिलो १०० रुपैयाँ, ग्याठकोभी प्रतिकिलो ५० रुपैयाँ, पार्सले प्रतिकिलो २०० रुपैयाँ, सेलरी प्रतिकिलो १८० रुपैयाँ, सौफको साग प्रतिकेजी ८० रुपैयाँ, पुदिना प्रतिकिलो १२० रुपैयाँ, इमली प्रतिकिलो १८० रुपैयाँ, तामा प्रतिकिलो १८० रुपैयाँ, तोफु प्रतिकिलो १५० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो २५० रुपैयाँ तोकिएको छ।

स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३२० रुपैयाँ, कागती प्रतिकेजी ३८० रुपैयाँ, अनार प्रतिकिलो ३८० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकिलो २२० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकिलो ३५० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ४५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा २२० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो १५ रुपैयाँ, काँक्रो (लोकलक्रस) प्रतिकिलो ३० रुपैयाँ, रुखकटहर प्रतिकिलो ८० रुपैयाँ, नासपाती (चाइनिज) प्रतिकिलो २६० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ र किबी प्रतिकिलो ४०० रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी, एभोकाडो प्रतिकिलो ८०० रुपैयाँ, अदुवा प्रतिकिलो १०० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकिलो ४५० रुपैयाँ, खुर्सानी (हरियो) प्रतिकिलो ६० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ६० रुपैयाँ, माछे खुर्सानी प्रतिकिलो ७० रुपैयाँ, खुर्सानी अकबरे प्रतिकिलो ४०० रुपैयाँ, भेडे खुर्सानी प्रतिकिलो १०० रुपैयाँ, हरियो लसुन प्रतिकिलो १२० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो ९० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २२० रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकिलो १३० रुपैयाँ, छ्यापी सुकेको प्रतिकिलो १२० रुपैयाँ, छ्यापी हरियो प्रतिकिलो १०० रुपैयाँ, माछा सुकेको प्रतिकिलो १,००० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३४० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो ३१० रुपैयाँ र ताजा माछा (छडी) प्रतिकिलो ३०० रुपैयाँ निर्धारण गरिएको छ। रासस


प्रकाशित : मंगलबार, वैशाख ८ २०८३१०:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend