काठमाडौं- काठमाडौं महानगरपालिकाले त्रिदेवी मन्दिर परिसरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरू भत्काउन सुरु गरेको छ।
ठमेलको मुख्य केन्द्रमा रहेको त्रिदेवी मन्दिर आसपासका अनधिकृत भौतिक संरचनाहरू काठमाडौं महानगरपालिकाले भत्काएको हो। सोमबार सुरक्षाकर्मी र डोजरसहित पुगेको महानगरको टोलीले मन्दिरको सौन्दर्य र सार्वजनिक आवागमनमा बाधा पुर्याइरहेका संरचनाहरू हटाएको हो।
त्रिदेवी मन्दिर काठमाडौंको ऐतिहासिक र धार्मिक महत्वको स्थल हो। यहाँका अनधिकृत संरचना हटेसँगै मन्दिर परिसर खुला भएको छ। सम्पदाप्रेमीहरूले महानगरको यो कदमको स्वागत गरेका छन्। उनीहरूका अनुसार पुरातात्विक क्षेत्रलाई व्यवस्थित बनाउन यस्ता कदम जरुरी छन्।