शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

स्टेट अफ हर्मुज पुनः अवरुद्ध हुँदा कच्चा तेलको मूल्य उकालोतर्फ, ६ प्रतिशतभन्दा माथिको वृद्धि

सोमबार, वैशाख ७ २०८३
स्टेट अफ हर्मुज पुनः अवरुद्ध हुँदा कच्चा तेलको मूल्य उकालोतर्फ, ६ प्रतिशतभन्दा माथिको वृद्धि

स्टेट अफ हर्मुज पुनः अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा उकालो लागेको छ। एकैदिन ६ प्रतिशतभन्दा बढीले बढ्दै ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ९५ डलर नाघेको छ।

काठमाडौं- स्टेट अफ हर्मुज पुनः अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा उकालो लागेको छ। एकैदिन ६ प्रतिशतभन्दा बढीले बढ्दै ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ९५ डलर नाघेको छ।

संयुक्त राज्य अमेरिका र इरान बीच बढ्दो तनावका कारण खाडी क्षेत्रमा जहाज आवतजावतमा अवरोध उत्पन्न हुँदा विश्व बजारमा तेल आपूर्ति प्रभावित हुने चिन्ताले मूल्य बढाएको विश्लेषण गरिएको छ।

अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) कच्चा तेलको मूल्य पनि करिब ७ प्रतिशतले बढ्दै ९० डलर आसपास पुगेको छ। ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने स्टेट अफ हर्मुजमा अवरोध हुँदा विश्वभर तेल ढुवानीमा प्रत्यक्ष असर पर्ने गर्दछ।

हाल जारी युद्धविराम कमजोर बन्दै गएको संकेत देखिएको छ। अमेरिकी पक्षले इरानी जहाज नियन्त्रणमा लिएपछि इरानले प्रतिकार गर्ने चेतावनी दिएको छ, जसले तनाव झन् चर्किएको छ।

यदि स्टेट अफ हर्मुज लामो समयसम्म अवरुद्ध रह्यो भने तेल आपूर्ति शृङ्खला थप प्रभावित भई मूल्यमा अझै तीव्र वृद्धि हुन सक्ने जोखिम रहेको छ।


प्रकाशित : सोमबार, वैशाख ७ २०८३०७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend