काठमाडौं- उपत्यकामा ट्राफिक प्रहरीले फुटपाथमा रोकिएका सवारीसाधनमाथि कारबाहीलाई तीब्रता दिएको छ।
प्रहरीले जथाभावी पार्किङ गरिराखेका सवारीसाधनको ह्वील लक गरेको हो। आइतबार अनामनगर आसपासका सडकपेटीमा रोकिराखेका मोटरसाइकलमा पनि ट्राफिक प्रहरीले लक लगाएको छ।