शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

जापानले गर्‍याे विदेशी रेस्टुरेन्ट कामदारको भिसा आवेदन स्थगित

शुक्रबार, वैशाख ४ २०८३
जापानले गर्‍याे विदेशी रेस्टुरेन्ट कामदारको भिसा आवेदन स्थगित

जापानको इमिग्रेसन सर्भिस एजेन्सीका अनुसार फेब्रुअरी अन्त्यसम्ममा खाद्य सेवा क्षेत्रमा करिब ४६ हजार विदेशी कामदारहरू कार्यरत थिए। सरकारले अप्रिल २०२४ देखि सुरु भएको पाँच वर्षको अवधिका लागि ५० हजार कामदारको सीमा तोकेको थियो।

काठमाडौं- जापानले आफ्नो स्पेसिफाइड स्किल्ड वर्कर कार्यक्रम अन्तर्गत विदेशी रेस्टुरेन्ट कामदारहरूको भिसा आवेदन लिन बन्द गरेको छ।

कोटा सीमा नजिकिएपछि यस क्षेत्रमा लिँदै आएको विदेशी कमदार तत्कालका लागि नलिले नीति जापान सरकारको हाे।

'द जापान टाइम्स' को एक रिपोर्ट अनुसार यो निर्णय सोमबारदेखि लागु भएको द इकोनोमिक टाइम्सले लेखेको छ। जापानी अधिकारीहरूले सन् २०२६ मे सम्ममा कामदारहरूको संख्या निर्धारित कोटामा पुग्ने सम्भावना रहेको उल्लेख गरेका छन्।

जापानको इमिग्रेसन सर्भिस एजेन्सीका अनुसार फेब्रुअरी अन्त्यसम्ममा खाद्य सेवा क्षेत्रमा करिब ४६ हजार विदेशी कामदारहरू कार्यरत थिए। सरकारले अप्रिल २०२४ देखि सुरु भएको पाँच वर्षको अवधिका लागि ५० हजार कामदारको सीमा तोकेको थियो। साेही नीतिका कारण मार्च २७ मा नयाँ आवेदन रोक्ने घोषणा गरिएको थियाो। 

तोकिएको समय पछि पेस गरिएका आवेदनहरू प्रक्रियामा लगिने छैनन्। पहिले नै दर्ता भइसकेका आवेदनहरूको हकमा भने निर्धारित कुल कोटामा नबढ्ने  गरी क्रमैसँग प्रमाणपत्र जारी गरिने जापान सरकारले जनाएको छ। जापानी अधिकारीहरूले प्रक्रियामा केही ढिलाइ हुन सक्ने बताएका छन्।

जापानले खाद्य सेवा, नर्सिङ केयर र निर्माण लगायत १६ वटा उद्योगहरूमा देखिएको श्रमिक अभावलाई सम्बोधन गर्न सन् २०१९ मा निर्दिष्ट अदक्ष कामदार कार्यक्रम सुरु गरेको थियो। यस योजना अन्तर्गतका अधिकांश कामदारहरूलाई जापानले 'टाइप-१' भिसा दिँदै आएको छ। उक्त भिसा प्राप्त गरेका कामदारहरुलाई पाँच वर्षसम्म जापानमा बस्ने अनुमति दिन्छ।

सन् २०२५ को अन्त्यसम्ममा करिब ३ लाख ९० हजार विदेशी कामदारहरू यस कार्यक्रममा आबद्ध थिए। जापान सरकारले आर्थिक वर्ष २०२९ सम्ममा यो संख्या बढेर करिब ८ लाख २० हजार पुग्ने अनुमान गरेको छ। 


प्रकाशित : शुक्रबार, वैशाख ४ २०८३१६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend