शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भारतको सहयोगमा बागलुङमा स्वास्थ्य चौकी निर्माण सुरु

शुक्रबार, वैशाख ४ २०८३
भारतको सहयोगमा बागलुङमा स्वास्थ्य चौकी निर्माण सुरु

गण्डकी प्रदेशको बागलुङ जिल्लास्थित बडिगाड गाउँपालिका–७, भिमगिठेमा स्वास्थ्य सेवा विस्तारका लागि नयाँ स्वास्थ्य चौकी निर्माण प्रक्रिया सुरु गरिएको छ।

काठमाडौं- गण्डकी प्रदेशको बागलुङ जिल्लास्थित बडिगाड गाउँपालिका–७, भिमगिठेमा स्वास्थ्य सेवा विस्तारका लागि नयाँ स्वास्थ्य चौकी निर्माण प्रक्रिया सुरु गरिएको छ।

सो स्वास्थ्य चौकीको आज आयोजित एक कार्यक्रमबीच बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका छन्।

भारत सरकारको करिब २ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त स्वास्थ्य चौकी ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत अघि बढाइएको हो। परियोजनाको कार्यान्वयन बडिगाड गाउँपालिकामार्फत गरिने जनाइएको छ।

शिलान्यास समारोहमा गाउँपालिका अध्यक्षसहित स्थानीय सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान हुँदै आएको विकास सहायताको प्रशंसा गर्दै यस परियोजनाले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

नेपाल र भारतबीच नजिकका छिमेकीका रूपमा बहुआयामिक सहकार्य रहँदै आएको सन्दर्भमा यस्ता परियोजनाहरूले स्थानीय तहमा पूर्वाधार विकासलाई टेवा पुर्‍याउनुका साथै समग्र विकास र समृद्धिका लागि नेपाल सरकारले अघि सारेका प्रयासलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।


प्रकाशित : शुक्रबार, वैशाख ४ २०८३०६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend