सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

कोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख ३ २०८३
कोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

करिब दुई हप्ताभित्र कोइला आइपुग्ने हेटौँडा सिमेन्ट उद्योगका सहायक प्रबन्धक विकास श्रेष्ठले बताए।

मकवानपुर- हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ। करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो। उद्योगले ३ हजार मेट्रिकटन कोइला खरिदका लागि बोलपत्र आह्वान गरिसकेको छ।

करिब दुई हप्ताभित्र कोइला आइपुग्ने हेटौँडा सिमेन्ट उद्योगका सहायक प्रबन्धक विकास श्रेष्ठले बताए। कोइलाको परीक्षण नतिजाअनुसार मात्र सिमेन्टको उत्पादनको समय निर्धारण हुने उनले जानकारी दिए। रासस 


प्रकाशित : बिहीबार , वैशाख ३ २०८३१२:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend