सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

यातायात कार्यालय नवलपरासी पूर्वद्वारा ९ महिनामा २३ करोड ३० लाख रुपैयाँ राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख ३ २०८३
यातायात कार्यालय नवलपरासी पूर्वद्वारा ९ महिनामा २३ करोड ३० लाख रुपैयाँ राजस्व संकलन

यातायात व्यवस्था कार्यालयले कर संकलनलाई व्यवस्थित र प्रभावकारी बनाउन चैत महिनामा विशेष अभियान नै सञ्चालन गरेको कार्यालय प्रमुख नेपालीले बताए।

नवलपरासी- यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले चालु आर्थिक वर्षको नौ महिनामा २३ करोड ३० लाख १६ हजार २२ रुपैयाँ राजस्व संकलन गरेको छ। चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायतका विभिन्न शीर्षकमा सो राजस्व संकलन भएको कार्यालय प्रमुख टेकबहादुर नेपालीले बताए।

उनले भने,'यो अवधिमा सवारीसाधन कर संकलनबापत रु १९ करोड २४ लाख २२ हजार २७०, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबबापत ३ करोड ७४ लाख ९२ हजार २३४ रुपैयाँ, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा २३ लाख २९ हजार ९९० रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्कबापत ७ लाख ७१ हजार ५२८ रुपैयाँ राजस्व संकलन भएको छ।'

यातायात व्यवस्था कार्यालयले कर संकलनलाई व्यवस्थित र प्रभावकारी बनाउन चैत महिनामा विशेष अभियान नै सञ्चालन गरेको कार्यालय प्रमुख नेपालीले बताए। यो अभियानअन्तर्गत ‘बिलबुक’ नवीकरण, जाँच पास, रुट परमिट तथा सवारी चालक अनुमतिपत्रको चेकजाँचलाई विशेष प्राथमिकता दिइएको थियो।

'प्रदेश सरकारले राजस्व वृद्धि गर्ने लक्ष्यसहित कर संकलन प्रक्रियालाई चुस्त-दुरुस्त बनाउन विशेष योजना अघि बढाएको थियो सोहीअनुसार राजस्व संकलन पनि वृद्धि भयो,' उनले भने, 'यातायात सेवालाई नियमित र पारदर्शी बनाउँदै कर संकलनको लागि विभिन्न अभियान सञ्चालन गर्ने गरेका छौँ।'

सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न यातायात कार्यालयले विशेष व्यवस्था गरेको सूचना अधिकारी टेकनारायण तिवारीले बताए। कर तिर्न आउने सेवाग्राहीको भीडलाई व्यवस्थित गर्न अतिरिक्त कर्मचारी खटाइएको तिवारीले जनकारी दिए।

'सेवा लिने क्रम छिटो होस् भन्ने उद्देश्यले छुट्टै काउन्टरको व्यवस्था गरिएको छ,' उनले भने, 'कर तिर्दा आवश्यक पर्ने कागजात तथा अन्य जानकारी सहजै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।' गत आव २०८१/८२ को यही अवधिमा यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले २३ करोड ५४ लाख ३० हजार ९८० रुपैयाँ राजस्व संकलन गरेको थियो। रासस


प्रकाशित : बिहीबार , वैशाख ३ २०८३११:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend