सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

संघ-प्रदेश समन्वय सुदृढ गर्न प्रधानमन्त्री बालेनले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख ३ २०८३
संघ-प्रदेश समन्वय सुदृढ गर्न प्रधानमन्त्री बालेनले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयाससमेत आजको सो छलफलमा हुने अपेक्षा गरिएको छ।

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले कार्यभार सम्हालेपछि पहिलो पटक हुन लागेको सो छलफल संघ प्रदेश सरकारसँग सम्बन्धित विविध महत्त्वपूर्ण र गहन विषयमा हुनेछ।

अपराह्न २:०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने सो छलफल संघ-प्रदेश समन्वयलाई अझ प्रभावकारी बनाउने महत्त्वपूर्ण पहलका रूपमा पनि हेरिएको छ। सचिवालयका अनुसार छलफलमा विकास-निर्माणका कार्यलाई तीव्रता दिने, स्रोतसाधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहने छ।

साथै राष्ट्रिय प्राथमिकताका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषय पनि छलफलको मुख्य ‘एजेण्डा’ हुनेछ। देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयाससमेत आजको सो छलफलमा हुने अपेक्षा गरिएको छ।

बैठकलाई संघीयता कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने र जनतालाई प्रत्यक्ष लाभान्वित गराउने महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।


प्रकाशित : बिहीबार , वैशाख ३ २०८३१०:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend