सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

यस्तो  छ आजको मौसम पूर्वानुमान

बिहीबार , वैशाख ३ २०८३
यस्तो  छ आजको मौसम पूर्वानुमान

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहदा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ।

काठमाडौं- हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहदा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ।  तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा गण्डकी प्रदेशका पहाडी भूभागलगायत बाँकी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको  सम्भावना रहेको छ। 

त्यसैगरी आज राति कोशी र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने र लुम्बिनी र सुदुरपश्चिम प्रदेश सहित  बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने, तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। रासस


प्रकाशित : बिहीबार , वैशाख ३ २०८३०६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend