सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सरकारी सवारीसाधनको विवरण संकलन गर्न निर्देशन

बुधबार, वैशाख २ २०८३
सरकारी सवारीसाधनको विवरण संकलन गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले सबै मन्त्रालय र मातहतका निकायहरूलाई प्रयोगमा रहेका तथा मर्मताधीन सवारी साधनहरूको विस्तृत विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ।

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले सबै मन्त्रालय र मातहतका निकायहरूलाई प्रयोगमा रहेका तथा मर्मताधीन सवारीसाधनहरूको विस्तृत विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ।

कार्यालयको प्रशासन शाखाबाट जारी पत्रअनुसार मिति २०८३ वैशाख २ गतेको सचिवस्तरीय निर्णय बमोजिम उक्त विवरण संकलन प्रक्रिया अघि बढाइएको हो। पत्रमा सबै मन्त्रालयहरूलाई २०८३ वैशाख ३ गते कार्यालय समयभित्र विवरण पठाइसक्न अनुरोध गरिएको छ।

निर्देशनअनुसार मन्त्रालय तथा अन्तर्गत विभाग/कार्यालयमा प्रयोग भइरहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरूको विवरण तोकिएको ढाँचामा तयार गर्नुपर्नेछ। सो विवरणमा सवारी साधनको ब्रान्ड र मोडेल, दर्ता नम्बर, गियर प्रणाली, इन्धनको प्रकार (डिजेल, पेट्रोल वा विद्युतीय), प्रयोगकर्ताको नाम र पद तथा सवारी साधनको वर्तमान अवस्था उल्लेख गर्नुपर्नेछ।

सरकारी सवारी साधनहरूको प्रयोग, मर्मत तथा व्यवस्थापनमा पारदर्शिता र प्रभावकारिता बढाउने उद्देश्यले यस्तो विवरण संकलन गर्न लागिएको जनाइएको छ।


प्रकाशित : बुधबार, वैशाख २ २०८३१९:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend