सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

दीपक भट्ट र शुलभ अग्रवालको आवास तथा उनीहरू जोडिएका कम्पनीमा छापा

बुधबार, वैशाख २ २०८३
दीपक भट्ट र शुलभ अग्रवालको आवास तथा उनीहरू जोडिएका कम्पनीमा छापा

झाँगिएको साझेदारी र त्यसले पाएको लाभका पछाडि उच्च राजनीतिक नेतृत्वसँग पनि कारोबार भएको कुरा खुलेपछि त्यसको प्रमाण संकलन गर्न तथा नष्ट नहोस भनेर विभागले छापा हानेको हो।

काठमाडौं- वित्तीय ठगी तथा सम्पत्ति शुद्धीकरण अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका व्यवसायीद्वय दीपक भट्ट र शुलभ अग्रवालको आवास तथा सम्बन्धित कार्यालयमा खोजतलास भएको छ। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल प्रहरीको समन्वयमा दुई व्यवसायीको निजी कार्यालय, घर तथा जोडिएका अन्य कार्यालयहरूमा छापा मारेको हो। 

दीपक भट्टको आवास तथा कार्यालयमा छापा मारेर कार्यालयमा शिल गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। उक्त छापाबाट उनीहरूका ग्याजेट, हार्डडिस्क तथा फाइल जफत गरिएको छ।

त्यस्तै शुलभ अग्रवालको पनि सम्बन्धित स्थानमा छापा मारेर कागजात तथा डिभाइस नियन्त्रणमा लिइएको छन्। 

दुरुपयोग जोडिएको हिमालयन रिइन्स्योरेन्स कम्पनीको कार्यालयमा पनि छापा मारिएको छ। त्यहाँबाट पनि आवश्यक कागजात नियन्त्रणमा लिइएको छ। 

हिमालयण रिइन्स्योरेन्सको रकम लिएर निजी व्यक्तिको खातामा राखी सेयर खरिद गरिएको विषयमा अनुसन्धान सुरू भएको थियो। त्योसँगै अरु विषयमा पनि अनुसन्धान सोझिएको भन्दै थप कागजात नियन्त्रणमा लिइएको हो। 

२०७७ सालमा थर्मलगन अवैध  बेचेको अभियोगमा प्रहरीले प्रक्राउ गरेपछि अग्रवाललाई विभागले पनि अनुसन्धान गरेको थियो। त्यतिबेला केपी ओली नेतृत्वको सरकार हुँदा अग्रवाललाई भट्टले बचाउन सफल भएपछि दुईबीचमा व्यावसायिक कारोबारमा साझेदारी भएको थियो।

त्यसपछि हरेक व्यापारमा भट्ट र अग्रवालबीचमा साझेदारी भएको छ। होटलदेखि स्टिलसम्म साझेदारी रहेको छ। त्यस्तै रिइन्स्योरेन्सलगायत अन्य वित्तीय संस्थाको लाइसेन्स पनि यो समूहले पाएको छ। 

झाँगिएको साझेदारी र त्यसले पाएको लाभका पछाडि उच्च राजनीतिक नेतृत्वसँग पनि कारोबार भएको कुरा खुलेपछि त्यसको प्रमाण संकलन गर्न तथा नष्ट नहोस् भनेर विभागले छापा हानेको हो। 


प्रकाशित : बुधबार, वैशाख २ २०८३१२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend